रूपन्देहीमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु
मकवानपुर । रूपन्देहीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
लुम्बिनी सास्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत सीअनमी पदमा कार्यरत गोमा गुरुङको भैरहवास्थित भीम अस्पतालमा मृत्युु भएको हो ।
रूपन्देहिमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो ।
२० वर्षदेखि स्वास्थ्य सेवामा कार्यत गुरुङ १८ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनमा निमोनिया देखिएको र प्लाज्मा थेरापी दिएको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।शिलापत्र डटकमबाट