आयो तिहार, ढकमक्क फुले फूल

लोकखबर
२५ कार्तिक २०७७, मंगलवार १४:२८

मकवानपुर ।पछिल्लो समय रूपन्देहीमा पुष्प खेतीतर्फ आर्कषण बढेको छ । कम लगानीमा राम्रो आम्दानी हुने भएकाले पुष्प खेतीतर्फ कृषकको आर्कषण बढेको हो ।

अहिले जिल्लामा विभिन्न समूह गठन गरी सामूहिक पुष्प खेती गरिँदै आएको छ । बुटवल, तिलोत्तमा, रोहणी, देवदह, सैनामैना, लुम्बिनी, भैरहवालगायतका क्षेत्रमा तिहार लक्षित सयपत्री र मखमली फूलको खेती गरिएको छ ।

 

तिलोत्तमा- ४ मा क्षितिज नमुना कृषक समूहले सामूहिक पुष्प खेती गरेको छ । गत वर्षदेखि पुष्प खेती गर्न सुरु गरेको समूहले यस वर्ष ५ देखि ८ हजार माला उत्पादन हुने गरी पुष्प खेती गरेको समूहकी अध्यक्ष नविना भण्डारीले बताइन् ।

 

बुटवल उपमहानगरपालिका- १२ मा मधुकला कुँवरको समयले पनि व्यावसायिक फूल खेती गरेका छन् । त्यस्तै, सहकदम कृषक समूह तिलोत्तमाले पनि पुष्प खेती गर्दै आएको छ । उद्यमी महिला देवी वाग्लेसहितको महिला समूहले गत वर्षदेखि नै पुष्प खेती सुरु गरेका हुन् ।

 

लुम्बिनी प्रदेश सरकारले समेत ‘व्यावसायिक पुष्प खेती गरौँ, आत्मनिर्भर बनौँ, आयात होइन निर्यात गरौँ’ भन्ने नारासहित पुष्प खेतीमा अनुदानसमेत दिएकाले पुष्प खेतीमा अझ बढि आर्कषण बढेको हो । यस वर्ष लुम्बिनी प्रदेशमा चार लाख माला आवश्यक रहेको अनुमान पुष्प व्यवसायीले गरेका छन् । १२ मध्ये ९ जिल्लामा उत्पादन भइरहेको फूलले यस वर्ष भारतीय फूलको प्रयोग गर्न नपर्ने गरी प्रदेशमा फूलको उत्पादन भएको पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डेले बताए ।

लुम्बिनी प्रदेशमा रूपन्देहीसहित पाल्पामा चार वटा स्थानीय तह, गुल्मीको चन्द्रकोट, दाङको घोराई, तुल्सीपुर, बाँकेको कोहलपुर, नेपालगञ्ज, अर्घाखाँची, नवलपरासीमा व्यावसायिक रूपमा पुष्प खेती हुँदै आएको छ ।

शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*