अस्पतालबाट फर्केर घर गएका संक्रमितको मृत्यु

मकवानपुर । अस्पतालबाट फर्केर घर गएका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, चितवनका अधिकृत गीताञ्जली ढकालका अनुसार रत्ननगर नगरपालिका १२, जिरौनाका ६८ वर्षीय वद्धको मृत्यु भएको हो ।
मिर्गौला र रक्तचापको बिरामी भई पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) मा कात्तिक १४ भर्ना भएका थिए । १५ गते कोरोना पुष्टि भएका उनको उपचार हुँदै आएकामा स्वास्थ्य सुधार नआएपछि घर फिर्ता लगिएको थियो ।
उनको बुधबार राति ९ बजे घरमै मृत्यु भएको स्वास्थ्य अधिकृत ढकालले जानकारी दिइन् ।बाह्रखरी डटकमबाट