सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १६११ पुग्यो, सबैभन्दा कम बाजुरामा
मकवानपुर । सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ सय ११ पुगेको छ । मंगलबार ५६ जना थपिएसँगै संक्रमितको संख्या १६ सय ११ पुगेको हो ।
संक्रमितमा सबैभन्दा बढी कैलालीका ६७८ जना छन् भने सबैभन्द कम बाजुरामा १८ जना छन् । यस्तै अछाममा ९३ जना, बैतडीमा ५० जना, बझाङमा २११ जना, डडेल्धुरामा ८५ जना, दार्चुलामा २१० जना, डोटीमा १२३ जना,कञ्चनपुरमा १२३ र अन्य जिल्लामा २० जना सक्रिय संक्रमित छन् ।
हालसम्म ८ हजार ५७१ जना डिस्चार्ज भइसकेका छन् भने कोरोना संक्रमणकै कारण २८ जनाले ज्यान गुमाएका छन् ।बाह्रखरी डटकमबाट