देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा झर्‍यो

लोकखबर
२०७७ कार्तिक २६, बुधबार ११:२१

मकवानपुर । मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा झरेको छ ।

बिहान साढे ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको मौसमविद् वरूण पौडेलले जानकारी दिए ।

आज हिमाली भेगमा आंशिक बदली रहे पनि अन्यत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको