प्रधानमन्त्री ओली संखुवासभामा, विभिन्न आयोजनाको अवलोकन गर्दै

लोकखबर
२६ कार्तिक २०७७, बुधबार ११:३७

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली सङ्खुवासभा पुगेका छन् ।

बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गरेका ओली अहिले सीमा नाका किमाथाङ्कामा पुगेको सांसद् राजेन्द्र गौतमले बताए ।

ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम रहेको सांसद् गौतमले जानकारी दिए ।

यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*