बामदेवविरूद्को मुद्दामा आज सुनुवाई हुँदै
मकवानपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटविरूद्ध आज सुनुवाई हुँदैछ ।
राष्ट्रिय सभामा नियुक्त भइसकेका गौतमलाई मन्त्री नबनाइयोस् भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको रिटविरुद्ध आज सुनुवाइ हुन लागेको हो ।
न्यायाधीशमा कोरोना संक्रमण भएपछि सरेको सुनुवाइ दशैँअघि सरेको थियो ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।खबरहब डटकमबाट