तीन सय जना प्राविधिकका लागि खुल्यो जागिर, लोकसेवाले माग्यो आवेदन

लोकखबर
२०७७ कार्तिक २६, बुधबार ११:५३

मकवानपुर । सरकारले तीन सय जना प्राविधिक जनशक्तिको माग गरेपछि लोकसेवा आयोगले आवदेन खुलाएको छ ।

निजामती सेवातर्फ राजपत्राङ्कित तृतीय श्रेणीको प्राविधिक पदमा आवेदन माग गरिएको हो ।

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । लोकसेवा आयोगले ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्ति गर्ने जनाउँदै आवदेन माग गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं र आठौं तह तथा निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो। खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको