२ लाख धरौटी तिर्न नसकेर थुनामा रहेका विप्लव कार्यकर्ता जेलबाट भागे
मकवानपुर । बझाङ कारागारबाट रहेका विप्लव समूहका एकजना कार्यकर्ता फरार भएका छन् । बुधवार बिहान करीब सवा ६ बजे उनी फरार भएका हुन् ।
हिरासतमा रहेका छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामीलाई सदरमुकाम चैनपुरको कारागार राखिएको थियो ।
जेलर झलक रोकायाले उनी विप्लव समूहका कार्यकर्ता रहेको बताए ।
गत कात्तिक १८ गते पुर्पक्षका थुनामा रहेका धामीविरूद्ध राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसुरमा मुद्दा चलाइएको थियो ।
उनमा कार्तिक १७ गते उनमा कोरोना भाइरस पुष्टि भएको । संक्रमण पुष्टि भएपछि उनलाई कारागारभित्रैको आइसोलेसनमा राखिएको थियो ।
कोरोना देखिएपछि उनलाई बन्दीगृह भन्दाबाहिरको आइसोलेसनमा राखिएको थियो । जेलर रोकायाका अनुसार उनी प्रहरीको ड्युटी परिवर्तन हुने समयमा पर्खाल चढेर भागेका हुन् ।
फरार भएका धामीलाई प्रहरीले खोजी थालेको छ । उनलाई अदालतले १० लाख धरौटी मागेको र तिर्न नसकेपछि थुनामा पठाइएको थियो ।
खबरहब डटकमबाट