तीन करोड लागतमा कैलाश गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

लोकखबर
२७ कार्तिक २०७७, बिहीबार ०७:३४

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले तीन करोड बढी लागतमा व्यवस्थित प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको मौज्दात कोषबाट २ करोड रुपैया अनुदान तथा पालिकाको १ करोड १८ लाख ५३ हजार ९ सय २५ रुपैया गरी कुल ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैया लागतमा प्रशासकीय भवन निर्माण सुरु गरिएको हो ।
सिस्टमेटिक ईन्जिनीयरिङ एसोसियट कन्सल्टेन्सि प्रालि काठमान्डौसंग सम्झौता गरी निर्माण थालिएको भवन २८ कोठाको हुने पालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । अस्थायी भवनबाट पालिकाले सेवा प्रदान गर्दै आइरहेकोमा अब व्यवस्थित तथा सुविधायुक्त प्रशासकीय भवन निर्माण सुभारम्भ गरिएको हो ।

बुधबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रशासकीय भवनको शिलान्यास गरेका छन् । प्रमुख खुलालले हाल अस्थायी प्रशासकीय भवनबाट सेवा प्रवाह हुदै आएकोमा नयाँ बन्ने सुविधासम्पन्न भवनबाट प्रवाह हुने सेवा अझ प्रभावकारी हुने अपेक्षा गरे । उनले पालिकाको आफ्ने सुविधा सम्पन्न भवन निर्माणसँगै सेवा प्रवाह थप चुस्त तथा दुरुस्त बनाउन सल्लाह पनि दिए ।

पालिका अध्यक्ष मोक्तानले आगामी २०७८ साल पुष ७ गतेभित्र भवन निर्माण सम्पन्न भइसक्ने जानकारी दिए ।

पालिकाको प्रशासकीय भवनका २ रोपनी साथै स्वास्थ्य चौकीका लागि सिंगराम घलानले ५ रोपनी र गोविन्द पाठकले २ रोपनी जग्गा दान गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*