सचिवालय डाक्न ओली तयार, पौडेलले बोलाए बैठक

लोकखबर
२७ कार्तिक २०७७, बिहीबार १०:१८

मकवानपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालय बैठक बोलाउन तयार भएका छन् ।

ओलीको समेत सहमतिमा महासचिव विष्णु पौडेलले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा आफूमाथि राजीनामाको दबाब पार्टीभित्रैबाट बढेको बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट भएका थिए ।

दाहालले सचिवालय बैठक बोलाए पनि ओलीले अस्वीकार गरे । उनले बैठक अस्वीकार मात्रै गरेनन् आफ्नो सहमतिबिना बैठक बोलाए त्यहिँबाट पार्टी फुट्ने चेतावनी दिएका थिए ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा दाहालसहित पाँच नेताले अल्टिमेटम दिएर ओलीले बैठक बोलाउन पत्र लेखेका थिए । समयसीमा नाघेपछि ओली बैठक राख्न सहमत भएका हुन् ।

ओलीले विधानअनुसार अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने स्मरण गराएका थिए ।शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*