पूर्व मन्त्री भीमप्रसाद गौतमको निधन

लोकखबर
२०७७ कार्तिक २७, बिहीबार १०:२६

मकवानपुर । पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याएर राखिएको थियो ।

उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अथक योद्धा गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको उनले बताए ।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको