मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा एन्डोर्रा ७–० ले पराजित

लोकखबर
२७ कार्तिक २०७७, बिहीबार १०:४८

मकवानपुर । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जीत हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोर्रालाई ७–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै शानदार जीत निकालेको हो । आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

खेलको ५६ औं मिनेटमा रेनाटो सान्चेस, ६१ औं मिनेटमा पाउलिन्होले गोल गरे । ७६ औं मिनेटमा एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५–० को अग्रता बनायो ।

८५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता ६–० मा पु¥याए । पोर्चुगलका लागि उनको यो १ सय २ औं गोल हो ।

त्यसपछि खेलको ८८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७–० को जीत दिलाए ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत गएरातिको अर्को खेलमा जर्मनी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई १–० ले पराजित गरेको हो ।

इल्काई गुण्डोगानको कप्तानीमा रहेको जर्मनीको जितका लागि लुका वाल्डस्मिड्टले गोल गरे । खेलको १३ औँ मिनेटमा उनले गरेको गोल जर्मनीको जितका लागि पर्याप्त भयो ।
शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*