रौतहटमा अज्ञात समूहद्वारा १८ वर्षीया युवतीको गोली हानी हत्या

लोकखबर
२०७७ कार्तिक २७, बिहीबार ११:३६

मकवानपुर । रौतहटमा गएराति एक विवाहित युवतीको गोली प्रहार गरी हत्या भएको छ । माधवनारायण नगरपालिका ७, लौकाहा टोलकी १८ वर्षीया अमृता कुमारीको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

गएराति ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको र हालसम्म कोही पक्राउ नपरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) कृष्ण प्रसाईले जानकारी दिए ।

विवाहित अमृताको हत्या प्रेम सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ । गत वर्षको फागुनमा मात्रै विवाह गरेकी अमृता सम्बन्धबिच्छेद गरेर माइतीघरमा बस्दै आएको खुलेको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको