‘राधे’ को ओटीटी डिल, सलमान खानले मागे २०० करोड !

लोकखबर
२७ कार्तिक २०७७, बिहीबार १४:५७

मकवानपुर । भारतमा कोरोना भाइरसका कारण बन्द रहेका फिल्म हलहरु इजाजत पाएर पनि खुल्न सकेका छैनन् । कोरोना महामारीका कारण भारत सरकारले हल खोल्न इजाजत दिए पनि ८० प्रतिशत हल अझै बन्द छन् ।

दर्शकले खुलेका केही हलमा पनि पुराना फिल्म हेरिरहेका छन् ।

ठूला फिल्म निर्माताहरु अझै पनि हलमा रिलिज गर्ने तयारीमा छैनन् । बरु ठूला मेकरले अहिले ओटीटीमा रिलिज गर्न चाहेका छन् ।

हालै अक्षय कुमारले आफ्नो फिल्म ‘लक्ष्मी’ ओटीटीमार्फत रिलिज गरेका थिए ।

अब सलमान खानले पनि आफ्नो आगामी फिल्म ‘राधे’ ओटीटीमा रिलिज गर्ने मनशाय बनाएका छन् । सलमान खानले यो फिल्मलाई ओटीटीमा देखाउन चाहनेले २ सय करोड भारु दिनुपर्ने प्रस्ताव राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

खबरका अनुसार यो फिल्म रिलिजबारे एक ठूलो ओटीटी प्लेटफर्मसँग कुरा भइरहेको छ । तर, पैसामा कुरा मिलिरहेको छैन । सलमान खानले २ सय करोड भारु भनेका छन् भने ओटीटी कम्पनीले उनलाई १ सय ६० करोडसम्म दिन तयार भएका छन् ।

यदि सलमान खानको फिल्म ओटीटीमा रिलिज गरियो भने फिल्म हलवालाई झट्का लाग्ने अनुमान गरिएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*