कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार

लोकखबर
२७ कार्तिक २०७७, बिहीबार १५:३७

मकवानपुर । छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ्दै गर्दा खुसीको खबर सार्वजनिक भएको छ ।

सिरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) बिहीबार अक्सफोर्ड र एस्ट्राजेनिकाको कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार गरिएको जनाएको छ ।

यसका साथै तेस्रो तथा अन्तिम चरणको परीक्षण (ट्रायल) का लागि १६ सय नागरिकले नाम दर्ता गरेको एसआईआईको भनाइ छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) को निगरानीमा कोभिशिल्डको ट्रायल चलिरहेको छ ।

एसआईआईले अमेरिकी कम्पनी नोभाभेक्‍स (ल्यखबखबह) बाट पनि नोभाभेक्स भ्याक्सिनका लागि सम्झौता गरेको छ ।

नोभाभेक्सले एसआईआईसँग सन् २०२१ सम्म एक सय करोड डोज पूर्ति गर्ने सम्झौता गरेको भारतीय सञ्चार माध्यम ‘दैनिक भास्कर’ ले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*