बैतडीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २९ भन्दा बढी घाइते

लोकखबर
२०७७ कार्तिक २८, शुक्रबार १०:०७

मकवानपुर ।बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी हालसम्म ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पुष्टि गरे ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना५ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक राति करिब साढे १० बजेतिर दुर्घटनामा परेको उनले बताए ।

दुर्घटनामा हालसम्म २९ जना भन्दा बढी घाइते भएको समेत उनले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको