(अपडेट) बैतडी दुर्घटनामा ९ जनाको मृत्यु, ३४ जना घाइते

लोकखबर
२०७७ कार्तिक २८, शुक्रबार १०:२९

मकवानपुर । बैतडीमा बस दुर्घटहना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो भने ३४ जना घाइते भएका छन्।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको बैतडी प्रहरीले जनाएको छ।

मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले मृतकहरुको सनाखत हुन बाँकी रहेको बताए।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

मृतकमध्ये ८ जनाको शव घटनास्थलबाट निकालिकिएको छ भने एकजनाको बससँगै अड्किएकाले निकाल समस्या भइरहेकोले निकालिने तयारी भइहरहेको डीएसपी अधिकारीले बताए। प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ।

सानो घुम्तीबाट बस ६ सय मिटर तल खसेको हो। बस चालक समेत घाइते भएर बोल्न नसक्ने अवस्थामा भएकोले दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भइनसकेको प्रहरीले जनाएको छ।शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको