सरकारी अस्पतालहरुमा सुविधा सम्पन ३५ सय शय्या थपिँदै

लोकखबर
२८ कार्तिक २०७७, शुक्रबार १०:५४

मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देशभरका सरकारी अस्पतालहरुमा तीन हजार पाँच सय वटा सुविधा सम्पन्‍न शय्या थप्‍न लागिएको बताएका छन् ।

विराटनगरमा कोसी अस्पताल र प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि बिहीबार मन्त्री ढकालले सरकारले सुविधा सम्पन्‍न ३५ सय शय्या थप्‍न लागेको जनाएका हुन् ।

मन्त्री ढकालले थपिने तीन हजार पाँच सय सुविधा सम्पन्‍न शय्यामध्ये दुई हजार काठमाडौं उपत्यका र बाँकी देशका विभिन्‍न स्थानमा स्थापना गरिने बताए । उनले यसरी थपिएका शय्याले अस्पतालहरूको सेवा थप प्रभावकारी हुने बताए । कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भइरहेको भन्दै उनले सबै स्थानीय तहमा सरकारले अस्पताल निर्माणको काम थालेको बताए ।

उनले अहिलेसम्म एउटा पनि अस्पताल नभएका ६४९ स्थानीय तहमा आफूले न्यूनतम पाँच शय्याको अस्थायी अस्पताल निर्माणका लागि ती स्थानीय तहमा बजेट पठाइसकेको जानकारी दिए । मन्त्री ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिए । बाह्रखरी डटकमबाट

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*