केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक माग गर्ने बहुमत सचिवालय सदस्यको तयारी

लोकखबर
२८ कार्तिक २०७७, शुक्रबार ११:११


मकवानपुर ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबार अपराह्‍न ४ बजे बस्ने सचिवालय बैठकका लागि दुवै पक्षले तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले विषयमा सामान्य छलफल गरेर बैठक टुङ्ग्याउने तयारी गरेको छ । “सचिवालय सदस्यहरू जो हामी बहुमतमा छौं भनेर दाबी गरिरहनुभएको छ, उहाँहरूलाई हाम्रो माग पूरा भयो भन्ने अनुभूत गराउन मात्रै बैठक राखिएको हो,” प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, “एजेन्डामा धेरै छलफल गर्ने कार्यसूची छैन ।”

यता बहुमत (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम) ले पनि बिहीबार अनौपचारिक बैठक बसेर आवश्यक गृहकार्य गरेका छन् ।

बहुमत सचिवालय सदस्यको पत्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ लेखेकाले आजको बैठकको छलफल पत्रकै अन्तरवस्तु भएको नेताहरूले जनाएका छन् । “बहुमत सचिवालय सदस्यको पत्रमा प्रधानमन्त्रीले जवाफ लेख्नुभएको छ,” प्रधानमन्त्रीको सचिवालयले भन्यो, “त्यसैको वरिपरि रहेर छलफल हुनेछ ।”

त्यस्तै सचिवालयका बहुमत सदस्यहरूले स्थायी कमिटीको बैठकको मा गर्ने तयारी गरेका छन् । “केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक आह्‍वान गर्नुपर्ने हुन्छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “आजको बैठकमा त्यसबारे पनि छलफल हुन्छ । बैठकको माग नै गर्नुनपर्ने हो ।”

नेकपाले आगामी मङ्सिर १५ देखि १७ गतेसम्म तेस्रो केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ । त्योभन्दा अघि स्थायी कमिटी बोलाउनुपर्ने बहुमत सदस्यको माग छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*