तिहारको आज भाइटिका, ११ः३७ मा शुभसाइत

लोकखबर
१ मंसिर २०७७, सोमबार ०७:०६

मकवानपुर । तिहारको मुख्य दिन आज भाइटिका । दिदि बहिनीबाट दाजुभाईले टिका ग्रहण गर्दैछन् । तिहारको यमपञ्चकको अन्तिम दिनमा भाइटिका लगाउने गरिन्छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिदैछन् ।

नेपाल पन्चांग निर्णायक समितिका अनुसार आज भाइटिकाका लागि उत्तम साइत ११ः३७ बजे रहेको छ । भाइटिका लगाउनका लागि मन्ध्यान्हको समय चाहिने भएकाले समय निर्धारण गरिएको जनाइएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*