कोरोनाको खोपमा ९५ प्रतिशत सफलता मिलेको दाबी

लोकखबर
२ मंसिर २०७७, मंगलवार ०६:१०

मकवानपुर । कोरोना खोपमा अर्को सफलता मिलेको अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी हुने पाइएको छ। कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४।५ प्रतिशत प्रभावकारी देखिएको जानकारी दिएको बिबिसीले जनाएको छ।

केही दिनअघि मात्र जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको जानकारी सार्वजनिक भएको थियो। यी दुवै खोपका समाचारले कोरोना महामारीविरूद्ध लड्ने आत्मविश्वास बढेर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मोडेर्नाले यो खबर आउनू आफ्ना लागि सुखद दिन भन्दै आगामी केही सातामा आफ्नो खोप प्रयोगका लागि अनुमति पाउने बताएको छ। मोडेर्नाको खोप अमेरिकाका ३० हजार मान्छेमा परीक्षण गरिएको थियो। यसमा विभिन्न चरण र प्रक्रिया थिए।

कम्पनीका प्रेसिडेन्ट डाक्टर स्टेफन होजले पनि यो नतिजा आउँदा केहीबेर स्तब्ध भएको बताएका छन्।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*