देशभर बढ्यो चिसो

लोकखबर
२ मंसिर २०७७, मंगलवार ०८:१९

मकवानपुर । मकवानपुर लगायत देशभर चिसो बढेको छ । हिजो बिहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो । आज पनि कुहिरोका कारण काठमाडौँ उपत्यकामा बिहानीपख आकाश खुल्न सकेको छैन । तराईँका जिल्लामा पनि हुस्सु र कुहिरो लागेपछि जाडो बढेको छ । कतिपय उच्च पहाडी भेगहरुमा हिमपात भइरहेको जनाइएको छ ।
पश्चिमी वायुको प्रभावले आगामी दुई दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविदको भनाई छ ।
आज राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान मौसमविदले गरेका छन् ।
यसैबिच, हुम्लामा दुई दिन लगातार हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा अस्ति आइतबार र हिजो सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीयले बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*