कोरोनाको जोखिम नभएका विद्यालय अब खोल्न दिइने
मकवानपुर । लामो समयदेखि विद्यालय बन्द भएका कारण विद्यार्थीको पठनपाठनमा समस्या परेको भन्दै सरकारले अब जोखिम नभएका र जोखिम कम हुँदै गएका विद्यालय खोलिने भएकोक छ ।
कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने सरकारले निणर्य गरेको हो । विद्यालय खुलाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्याढाँचा २०७७’ जारी गरेको छ ।
आफ्नो स्थानीय तहको कोरोनाको जोखिम अवस्थालाई बुझ्दै स्थानीय तहमार्फत नै विद्यालय सञ्चालन गर्न भनिएको छ ।
मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित भएको माध्यमिक शिक्षा उतीणर् परीक्षा (कक्षा १२)को पूणर्रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि,पद्दति प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचा मार्फत अनुमति दिएको छ ।