स्वाब संकलनकै दिन रिर्पोट, थप १२ जना संक्रमित

लोकखबर
४ मंसिर २०७७, बिहीबार ०७:४५

मकवानपुर । मकवानपुरको हेटौंडामा स्वाब संकलनकै दिन कोरोना परिक्षणको रिर्पोट आउँन थालेको छ । हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा स्थापित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि स्वाब कमी आएपछि एकै दिनमा रिर्पोट सार्वजनिक भएको हो ।

हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रबद्र्घन शाखाका जनस्वास्थ्य निरिक्षक एवं गोरक्षेश्वर कोभिड-१९ स्वाब संकलन केन्द्रका कोभिड फोकल पर्सन भोलाप्रसाद चौलागाईंका अनुसार अहिले अन्य जिल्लाबाट संकलित स्वाबको नमूना आउँन कमी भएकाले स्वाब संकलन गरिएको दिनमै रिर्पोट सार्वजनिक भएको हो ।
हिजो (बुधबार) पनि विहान संकलित स्वाबको परिक्षण रिर्पोट हिजो साँझमै सार्वजनिक भएको हो ।

बुधबार (हिजो) मकवानपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड फोकल पर्सन चौलागाईंका अनुसार हेटौंडाका ११ जना र भीमफेदीका १ जनामा कोरोना पुष्टि भएको हो । हिजो (बुधबार) संकलित ३५ जनाको स्वाब परिक्षण गर्दा ४ महिला ८ पुरुष जना पुरुष गरी १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मकवानपुरमा बुधबारसम्म गरी ३ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी राम केसीले बताका अनुसार हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा कोरोनाबाट हालसम्म २८ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिकाका २१ जना, थाहा नगरपालिका,बकैया र मनहरी गाउँपालिकाका २/२ जना, बागमती गाउँपालिकाका एक जना रहेका छन् ।
मकवानपुरमा अहिले ५ सय ७९ सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*