परिक्षणका लागि ६३ जनाको स्वाब संकलन
मकवानपुर । मकवानपुरको हेटौंडामा आज (विहीबार) ६३ जनाको स्वाब परिक्षण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रर्बद्दन शाखाका जनस्वास्थ्य निरिक्षक एवं गोरक्षेश्वर कोभिड-१९ स्वाब संकलन केन्द्रका कोभिड फोकल पर्सन भोलाप्रसाद चौलागाईंका अनुसार अहिले स्लाब परिक्षणका लागि आउँनेको संख्या कमी भएको छ ।
संकलन गरिएको स्वाब परिक्षणका लागि हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा पठाइएको छ ।
पछिल्लो समय जिल्लाबाट संकलित स्वाबको नमूना आउँन कमी भएकाले एकै दिनमा स्वाब परिक्षणको रिर्पोट सार्वजनिक हुने गरेको छ ।
हिजो (बुधबार) मकवानपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड फोकल पर्सन चौलागाईंका अनुसार हेटौंडाका ११ जना र भीमफेदीका १ जनामा कोरोना पुष्टि भएको हो ।
मकवानपुरमा बुधबारसम्म गरी ३ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी राम केसीले बताका अनुसार हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा कोरोनाबाट हालसम्म २८ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिकाका २१ जना, थाहा नगरपालिका,बकैया र मनहरी गाउँपालिकाका २र२ जना, बागमती गाउँपालिकाका एक जना रहेका छन् ।
मकवानपुरमा अहिले ५ सय ७९ सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।