पुजामा गएकी बालिकाको विभत्स हत्या

लोकखबर
४ मंसिर २०७७, बिहीबार १३:१०

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७, लामिटारमा एक बालिकाको हत्या भएको छ ।

पुजामा गएकी चार वर्षिया बालिका रुविना पाख्रीनको हत्या भएको हो । मकवानपुर प्रहरीका अनुसार अहिले घटना भएको स्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान गरिएको छ ।

हिजो बेलुका शरीरभरी लतपतिएको रगत सहित गम्भीर घाइते अवस्थामा फेला पारेर उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनाको प्रकृति हेर्दा बालिकालाई बलात्कार वा बलात्कार प्रयासपछि कुनै भारी बस्तु प्रहार गरेको प्रहरी अनुमान छ ।
घटनाको अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

घटनास्थलमा अनुसन्धानका लागि पुगेको प्रहरी टोली फर्किदैछ । मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौरले हिजो बेलुका छिमेकमा पुजामा गएर साथीहरुसंग खेलिरहेकी बालिका हराएकी थिइन् । बालिका हराएपछि खोजी गर्दा बगरमा रगत लतपतिएको अवस्थामा गम्भीर रुपमा फेला परेकी थिइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*