आङै सिरिङ्ग हुने यस्तो कुकर्म कसरी गर्न सकेको ?
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा सुन्दा पनि आङै सिरिङ्ग हुने घटना भएको छ । चार वर्षकी बालिकालाई बलात्कारपछि टाउकोमा ढुंगाले हानी हानी हत्या गरेको दर्दनाक घटनाले सुन्ने जोकोहीको पीडा दिन्छ ।
बागमती गाउँपालिका-७, लामिटारकी बालिकालाई गाउँमा पुजा भएको समयमा फकाई नजिकैको पुल पुनि लगेर बलात्कार गरेर विभत्स रुपमा हत्या गरेको पाइएको हो । घटनापछि घटनास्थलमा पुगेको मकवानपुर प्रहरी टोलीले बालिकाको बलातकारपछि हत्या गरेको अनुमान गरेको थियो । हत्यामा संलग्नताको आरोप लागेका १६ वर्षिय साजन भोलनले आफूले बलात्कार पछि हत्या गरेको स्वीकार गरेका छन् । बालिकाको शब घर नजिकै बगरमा फेला परेको थियो ।
पक्राउ परेका साजनले बालिकाको टाउकोमा दुई पटक ढुंगाले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । मकवानपुरका प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले घटनाको प्रारम्भिक चरणको अनुसन्धान सकिएको र आवश्यक कागजी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।