हिंसाविरुद्दको १६ दिने अभियानको तयारी

मकवानपुर । मकवानपुरमा लैगिंक हिसाविरुद्दको १६ दिने अभियान अन्तर्गत नोभेम्भर २५ मंशिर १० गतेबाट डिसेम्बर १० मंशिर २५ गतेसम्म मनाइने भएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरमा सरोकारवालाको उपस्थितीमा बसेको अभियानको पहिलो दिन नोभेम्वर २५ तारिख मंशिर १० गते जिल्लास्तरीय स्कुटी र्याली तथा सेतो रिवन वितरण, सोही दिन साँझ दिप प्रज्वलन कार्यक्रम गरी सुभारम्भ गरिनेछ । यस्तै, विभिन्न संघ संस्थाहरुको सहभागितामा महिला हिंसा विरुद्द रोड ब्यानर तयार गरी १६ दिनसम्म ब्यानर प्रदर्शन गर्ने, महिला हिंसा विरुद्दको कवि गोष्ठी लगायतका कार्यक्रम हुने जनाइएको छ ।
मानव अधिकार दिवस तथा १६ दिने अभियानको अन्तिम दिन डिसेम्वर १० तारिखमा समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गर्ने र कार्यक्रमको संयोजन तथा व्यवस्थापन जिल्ला समन्वय समितिले गर्ने निणर्य गरिएको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।
यस वर्ष ‘लैंङ्गिक हिंसा अन्त्यको प्रतिबद्दता, व्यक्ति, समाज र सवैको ऐक्यवद्धता” भन्ने नाराका साथ अभियान संचालन हुँदैछ ।