मकवानपुरमा थप ३५ जनालाई कोरोना संक्रमण
मकवानपुर । मकवानपुरमा आज (सोमबार) थप ३५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंशिर ७ गते (हिजो) संकलन गरिएको ६७ जनाको स्वाब परिक्षणमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यही मंसिर ७ गते संकलन गरेको स्वाब मध्यमा ३५ जनामा संक्रमण भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक एवं कोरोना फोकल पर्सन भोला चौलागाईले जानकारी दिए ।
संक्रमितमा महिला १९ जना र पुरुष १६ जना रहेको जनाइएको छ ।