मकवानपुरका थप १२ जना संक्रमित
मकवानपुर । मकवानपुरमा आज थप मकवानपुरमा १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो १० गते हेटौंडा १० मा रहेको स्वाव परीक्षण प्रयोगशालामा गरिएको ३७ जनाको कोरोना जाँचमा १२ जनामा संक्रमण पुष्टि भएको पाइएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक एवं कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंका अनुसार संक्रमित हुनेमा ५ महिला र ७ पुरुष रहेका छन् ।