गृहले वेवास्ता गरेको जिसस प्रमुखहरुको गुनासो

लोकखबर
११ मंसिर २०७७, बिहीबार १२:१५

मकवानपुर । गृहमन्त्रालयले आफूहरुलाई वेवास्ता गरेको भन्दै जिल्ला समन्वय समिती (जिसस) बागमती प्रदेश समिति असन्तुष्ट बनेको छ ।

प्राकृतिक स्रोत (ढुंगा,गीट्टी,बालुवा) उत्खनन्का सन्र्दभमा जारी मापदण्ड र परिपत्रका विषयमा गृहमन्त्रालयसंग जिसस महासंघ बागमती प्रदेश समितिले असहमती जनाएको हो ।

महासंघको बुधबार काठमान्डौंमा बसेको पूर्ण बैठकले गृह मन्त्रालयले जिससमा रहेको ढुंगा,गीट्टी,बालुवा जिल्ला अनुगमन समितिलाई बेवास्ता गर्दै घुमाउरो तरिकाले प्रमुख जिल्ला अधिकारीलाई प्राकृतिक स्रोतको जिम्मेवारी दिईएकोप्रति असहति जनाएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिसस महासंघ बागमती प्रदेशका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले समन्वय समितिका प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई वेवास्ता गरेको प्रति असहमति जनाउँदै मापदण्डको सुधारका लागि गृहमन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले जारी मापदण्डलगायत जिल्ला समन्वय समितिलाई संविधान र अन्य कानून बमोजिम प्राप्त अन्य अधिकार कटौतीका विषयमा प्रदेशका १३ जिल्लामा स्थानीय तहसहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तथासो विषयमा राजैतिक उच्च तहमा जानकारी गराउने निर्णय गरेको जिसस महासंघ प्रदेश अध्यक्ष खुलालले जानकारी दिए ।

यस्तै बैठकले जिल्ला समन्वय समितिमा दरबनदी अनुसारको कर्मचारी अभाव रहेको र सो विषयमा मनत्रालयले कुनै सुनुवाई नगर्ने प्रबृति देखिएकाले दरबन्दी अनुसारको प्राविधिक कर्मचारी तुरुन्त पठाउन वा कार्यालयलाई प्राविधिक कर्मचारी करारमा नियुक्त गर्न अनुमति दिनुपर्ने निर्णय पनि गरेको छ । साविकको जिल्ला विकास समितिमा कार्यरत कर्मचारीको अवकास पछि प्राप्त गर्नुपर्ने उपदानलगायत सेवासुविधालगायतका काममा भएको ढिलासुस्तीप्रति ध्यानाकर्षण पनि जनाएको गरिएको खुलालको भनाई छ ।
बैठकले जिसस महासंघ बागमती प्रदेश कमितीले १३ वटै जिल्लाको परिचय झल्कने गरि ‘बागमती’ नामक पुस्तक प्रकासन गर्ने समेत निर्णय पनि  गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए ।

बैठकमा महासंघका उपाध्यक्ष एवम् जिसस ललितपुरका प्रमुख अमर बहादुर खड्का, महासंघका केन्द्रिय प्रवक्ता एवम् जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, केन्द्रिय सदस्य एवम् जिसस काठमान्डौंका प्रमुख शिवशुन्दर राजवैद्य, केन्द्रिय सदस्य एवम् जिसस दोलखाका प्रमुख डबल पाण्डे, महासचिव एवम् जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिसस धादिङका प्रमुख जग्गनाथ नेपाल, रामेछाप प्रमुख प्रेमबहादुर खड्का, काभ्रेपलाञ्चोक प्रमुख उद्दव केसी, सिन्धुपाल्चोक प्रमुख गोपाल तामाङ, रसुवा प्रमुख कृष्ण प्रसाद भट्ट, महासंघका सदस्यहरु जिसस दोलखाका उपप्रमुख मनमाया जिरेल, जिसस रामेछापका उपप्रमुख दीपा पाख्रीन, जिसस धादिङका सदस्य कृष्णप्रसाद अर्याल, जिसस काठमान्डौका सदस्य तेजीला थापा, जिसस सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटालगायतको उपस्थिती रहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*