भीमफेदी सडक बनेपछिको खुशी

लोकखबर
११ मंसिर २०७७, बिहीबार १३:५०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नम्बर ७, मेलटारबाट कोगटे–देउराली–सिस्नेरी सडक निर्माण गरिएपछि स्थानीयबासी दंग छन् ।

भीमफेदी गाउँपालिकाले ८ किलोमिटर लामो सडक निर्माण गरिदिएपछि स्थानीय लाभान्वित भएका छन् ।
पालिकाले करिब डेढ करोड लागतमा दुई वर्ष लगाएर सडक निर्माण गरेको हो । निर्मित सडकबाट भीमफेदीका विभिन्न गाउँका करिब तीन सय घरपरिवार लाभान्वित भएका हुन् ।

। भीमफेदीको महभीर, बाह्रघरे लगायतका स्थानीय लाभान्वित भएका छन् । सडकको प्रतिनिधीसभाका सदस्य विरोध खतिवडाले मंगलबार अवलोकन गरेका छन् । अवलोकनका क्रममा गाउँपालिका वडा नम्बर ८ महभीरका देवानसिं गोलेले खुशी व्यक्त गरे । उनले अब सडकका कारण आफूहरुको जीवनशैली परिवर्तन हुने अपेक्षा राखे ।

सवारी साधन चल्ने सडक अभावका कारण स्थानीयलाई घर–बजार गर्न समस्या परिरहेको थियो । अहिले सडक गाउँघरमै पुगेपछि गाउँमै उत्पादित बस्तु बजारसम्म ल्याउँन तथा मानिस आफ्नो विभिन्न काम गर्न सडक प्रयोग गरी बजार आउन जान सक्ने भएकोमा गाउँले दंग बनेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*