मकवानपुरमा २९ संक्रमित थपिए, मृतक संख्या ३० पुग्यो

लोकखबर
१२ मंसिर २०७७, शुक्रबार ०६:१७

मकवानपुर । मकवानपुरमा विहीबार विहान र साँझ गरी २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहान १२ जनालाई संक्रमण पुष्टि भएकोमा साँझ थप १७ जनालाई कोरोना पुष्टि भएसंगै (हिजो) विहीबार २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रबद्र्घन शाखाका जनस्वास्थ्य निरिक्षक एवम् गोरक्षेश्वर कोभिड १९ स्वाब संकलन केन्द्रका कोभिड फोकल पर्सन भोला चौलागाईंलका अनुसार हिजो (विहीबार) १६ पुरुष र १३ जना महिलालाई कोरोना संक्रमण पुुष्टि भएको हो ।

यस्तै, मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ की ५७ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएसंगै मृतक संख्या ३० पुगेको हो ।

उनको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई उनी मंसिर ५ गते अस्पतालमा भर्ना भएकी थिइन् । भर्ना भएकै दिनबाट कोभिड आईसियुमा राखेर उपचार गरिएकोमा बुधबार राति ११ बजेर ४५ मिनेटमा उपचारको उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*