मकवानपुरमा थप १५ जना संक्रमित
मकवानपुर । मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हिजो (मंगलबार) साँझ सार्वजनिक रिर्पोट अनुसार १५ जनामा कोरोना पुष्टि भएको हो । आयुर्वेद तथा प्रर्बर्धन जनस्वास्थ्य शाखा, गोरक्षश्वर कोभिड १९ स्वाब नमूना संकलन केन्द्रमा संकलित स्बावको हेटौंडा १० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा परीक्षण गरिएको हो ।
हिजो संकलित ६८ जनाको कोरोना जाँचमा १५ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए । संक्रमित मध्ये ६ महिला र ९ पुरुष रहेको जनाइएको छ ।