मकवानपुरमा ४६ जनाको जाँच गर्दा १२ जनालाई कोरोना

लोकखबर
१८ मंसिर २०७७, बिहीबार ०८:०१

मकवानपुर । मकवानपुरमा थप १२ जनालाई कोरोना भाइरस (कोभिड १९ ) संक्रमण भएको छ । हिजो (बुधबार) सार्वजनिक रिर्पोटमा ४६ जनाको स्वाब परिक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो ।
हेटौंडा १० मा रहेको स्वाब परीक्षण प्रयोगशालामा कोरोना परिक्षण गरिएको हो । संक्रमित हुनेमा ३ महिला र ९ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक, कोभिड १९ फोकल पर्सन भोला चौलागाईंले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*