भीमफेदी सानुटारमा बालविवाह र बालश्रमबारे अन्तरक्रिया

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं १, सानुटारमा बालबिवाह तथा बालश्रम सम्बन्धि अन्तरक्रिया गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्र्तगत ‘लैैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति,समाज,र सबैको ऐक्यबद्दता’ भन्ने नाराको साथ नवजागरण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको अन्तरक्रियामा भीमफेदी गाउँ पालिकाका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यमा अन्तरक्रिया गरिएको हो ।
सहकारीका अध्यक्ष भीमबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष श्यामकुमार बल, जिल्ला बचत संघ मकवानपुर संचालक सदस्य सर्मिला महत, स्थानीय अगुवा देवलाल गोले, महिला सदस्य सुमित्रा लामा लगायतको सहभागितामा थियो ।