मकवानपुरका थप ५ जनालाई कोरोना

मकवानपुर । मकवानपुरमा थप ६ जनालाई कोरोना भाइरस कोभिड -१९ ) संक्रमण भएको छ । हिजो (सोमबार) साँझ सार्वजनिक गरिएको रिर्पोटमा पुरुष २ र महिला ४ जनालाई कोरोना पुष्टि भएको उल्लेख छ ।
कोरोना पुष्टि हुनेमा मकवानपुरका ५ जना र धादिंग जिल्लाका १ जना रहेका छन्।
हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रबद्र्घन शाखा, गोरक्षेश्वर कोभिड १९ स्वाब सङ्कलन केन्द्रका अनुसार २६ जनाको स्वाब संकलन गरिएकोमा हेटौंडाका ८ प्रतिशतमा कोरोना पोजिटिभ देखिएको हो ।
कोरोना संक्रमित हुनेमा हेटौंडा ८ का ८५ वर्षिक एक पुरुष, मनहरी ३ का ४३ वर्षिया एक महिला, मनहरी ६ का २० वर्षिय एक पुरुष, मनहरी ७ का ५७ वर्षिय एक महिला, भीमफेदी २ का ३४ वर्षिय एक पुरुष रहेका छन् ।
संक्रमित हुनेमा धादिंगका ४५ वर्षिय एक जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक, कोभिड १९का फोकल पर्सन भोला चौलागाईले जानकारी दिए ।