मकवानपुरका एक कोरोना संक्रमितको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका एक जना कोरोना संक्रमितको आज (शनिबार) मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का ८५ वर्षिय वृद्द रहेको जनाइएको छ । यही २४ गते कोरोना पुष्टि भई उनी चितवनस्थित भरतपुर अस्पतालमा उपचारत थिए ।
उनको कोभिडबाट मृत्यु भएको अस्पतालले आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ ।