हेटौंडामा भोलि हुने प्रदर्शनमा शेरबहादुर देउवासहितका नेता

लोकखबर
२०७७ मंसिर २८, आईतवार ११:००

मकवानपुर । मकवानपुरमा भोलि (सोमबार) नेपाली कांग्रेसले गर्ने सरकारको विरोध प्रर्दशन कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ ।
नेपाली काङ्ग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोइरालाका अनुसार भोलि विहान मकवानपुरको हेटौंडाका विभिन्न चार स्थानबाट नारा जुलुस विरोध प्रदर्शन गरिनेछ ।

भोलि देशभर सडकबाट सरकारको विरोध गर्ने पार्टीको निर्णय भएबमोजिम बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कार्यक्रम हुने भएको हो ।
हेटौंडामा हुने प्रर्दशनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा आउँनुहुनेछ । यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, मकवानपुर सभापति ईन्द्र बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । काङ्ग्रेसले प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरी परिपत्र गरेको छ ।

‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार,जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका हुन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको