एनसीईको आयोजनामा सरोकारवालाबीच अन्तरक्रिया

लोकखबर
२०७७ मंसिर २८, आईतवार १९:३६

चितवन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला शाखा, चितवनको आयोजनामा ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियाका प्रमुख अतिथी एनसीई नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडाले मानवअधिकारको अभिन्न अंग शिक्षालाई निःशुल्क, अनिवार्य, गुण्स्तरीय र सीपमूलक बनाउन सरोकारवालाका भूमिकाबारे चर्चा गरे ।

अन्तरक्रियामा शिक्षाका लागि राष्ट्रिय अभियान काठमाडौं काठमाडौंको आर्थिक एवं प्राविधिक सहयोग रहेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई चितवनका अधिकृत दिपेन्द्रराज श्रेष्ठ, पूर्व जिल्ला शिक्षा अधिकारी एवं शिक्षा सेवा समाज चितवन र नवलपराशीका अध्यक्ष लोकना पौडेल, शिक्षा पत्रकार समाज बागमती प्रदेशका संयोजक वसन्त पराजुली,गैसस महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारीको उपस्थिती थियो ।

यस्तै, नयाँ किरण माविसका प्रधानाध्यापक रामेश्वर अधिकारी, दियालो परिवारका निर्देशक डिलबहादुर नेपाली, पूर्व शिक्षक बालकुमारी कन्या माविकी विद्यादेवी सुवेदी, चितवन बार एसोसिएसनकी सह–सचिव अधिवक्ता शोभा भट्टराई, युथक्लव नारायणगढका अध्यक्ष रामबाबु श्रेष्ठ, सेतो गुराँस बालबिकास सेवा संस्थाकी सदस्य सरिता भट्टराई, इसीइडी शिक्षक निरञ्जना पौडेल, मोहन निमाविका शिक्षक पुरुषोत्तम वाग्लेले आफ्नो धारणा राखे ।

युवा सम्मान नेपालका अध्यक्ष खगराज ओझा, यौनजन्य हिंसा विरुद्द साझा अभियान चितवनका संयोजक संगीता भट्टराई, रामेश्वर पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलिया लगायत बक्ताले अभिभावक सचेत हुनुपर्ने, विद्यालयमा राजनीति हुन नहुने र संघीय शिक्षा नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

एनसीई नेपाल चितवन शाखाका संयोजक रामचन्द्र आचार्यको अध्यक्षतामा संचालित अन्तरक्रियामा रुसेक नेपाका सचिव ईश्वरीप्रसाद पण्डित, एनसीई जिल्ला सचिव कमलराज खनालले सरोकारवालाबीच अन्तरक्रिया आयोजना गर्नुको उद्देश्यबारे प्रष्ट पारेका थिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको