आज हेटौंडाको सडकमा देउवा सहित कांग्रेसका शीर्ष नेता

लोकखबर
२९ मंसिर २०७७, सोमबार ०६:१७

मकवानपुर । नेपाली कांग्रेसले आज (सोमबार) मकवानपुर लगायत देशभर सरकारविरुद्द सडक प्रदर्शन गर्दैछ ।

मकवानपुरको हेटौंडामा हुने प्रदर्शनमा पार्टीका सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिना सहितका नेताले सम्बोधन गर्ने तयारी छ ।

हेटौंडामा हेटौंडाको बुद्दचोकमा बृहत प्रदर्शनसहित सरकारको विरोध गर्न थालिएको नेपाली कांग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

विहान साँढे ११ बजे हेटौंडाका विभिन्न ४ स्थानबाट विरोध  र्‍याली सहित प्रदर्शन गर्ने तयारी गरिएको हो । कांग्रेसले सानोपोखरा, जिल्ला प्रहरी कार्यालय, चौकिटोल उकालो र वनविज्ञान क्याम्पस अगाडी भेला भएर जुलुस सहित प्रदर्शन भएको हो ।
सडक प्रदर्शन पूर्वसन्ध्यामा हिजो (आइतबार) साँझ सिठ्ठी जुलुस निकालेको थियो । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा सरकार विरुद्द सिठ्ठी जुलुस निकालेको हो ।

आज (सोमबार) हुने प्रदर्शनका लागि आवश्यक तयारी पूरा भएको कांगे्रस मकवानपुरका सभापति, कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर बानियाले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

नेता बानियाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले विरोध कार्यक्रम गर्न लागेको बताए । पत्रकार सम्मेलन नेपाल प्रेस युनियन मकवानपुका अध्यक्ष कुमार अधिकारी पोष्टराजको अध्यक्षतामा भएको थियो ।

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछाने, सचिव बुद्द लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा,पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य अर्जुन तिवारी, सल्लाहाकार अशोक शाक्य, पार्टी हेटौंडा उपमहानगर सभापति अनन्दराम पराजुली लगायतको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*