मकवानपुरमा थप पाँच जना संक्रमित,मृतक संख्या ३२ पुग्यो

लोकखबर
२९ मंसिर २०७७, सोमबार ०७:२५

मकवानपुर । मकवानपुरमा हिजो (आइतबार) साँझ थप ५ जनालाई कोरोना भएको छ । आइतबार ३६ जनाको स्वाव जाँच गरी सार्वजनिक गरिएको रिर्पोटमा ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक, कोभिड फोकल पर्सन भोला चौलागाईंका अनुसार संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाका छन् ।

कोरोनाबाट मकवानपुरका ३२ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका २६ जना,थाहा नगरपालिका,मनहरी गाउँपालिका २/२ जना रहेका छन् । बकैया र बागमती गाउँपालिकाका १/१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*