आज मनाइने सोमबारे औंशीको यस्ता छन् महत्व

लोकखबर
२९ मंसिर २०७७, सोमबार ०७:४६

मकवानपुर । आज सोमबारे औंशी । आजका दिन विहान नबोली स्नान गरे आफ्नो मनोकांक्षा साकार हुने जनविश्वास रही आएको छ ।

वैदिक सनातन धर्मावलम्बीले विहान नबोली स्नान गरी यो पर्व मनाउने गरेका छन् । आज परेको सोमबारे औंशी यस वर्षको दोस्रो सोमबारे औंशी हो । वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औंशी पर्ने धर्मशास्त्रविद् एवं नेपाल पन्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
वि.सं २०७७ को गत साउन ५ गते पनि सोमबारे औंशी परेको थियो । आगामी चैत ३० गते पनि सोमबारे औंशी परेको छ ।

सोमबारे औंशी परेका दिन विहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने जनविश्वास छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*