मनकारी सुधीर थापा जन्म दिन मनाउँन पुगे वृद्दाश्रम

लोकखबर
२०७७ मंसिर ३०, मंगलवार १४:५०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, बाटिका टोल, सानोपोखराका सामाजिक अभियन्ता एवं युवा व्यवसायी सुधीर थापाले आज (मंगलबार) आफ्नो जन्मदिन आश्रममा मनाएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, चौकीटोलमा रहेको ओम वृद्दाश्रममा परिवार सहित पुगेका थापाले आश्रममा रहेका वृद्दवृद्दालाई विहानको खाजा, खाना तथा बेलुकाको खाना खुवाउँदै आफ्नो ४४ औं जन्मदिन मनाएका हुन् ।

आश्रमका २३ पुरुष र ९ जना महिला गरी ३४ जना आश्रित ज्येष्ठ नागरिकलाई आवश्यक खाना तथा नगद तीन हजार सहित करिब बीस हजार रुपिंया बराबरको सहयोग प्रदान गर्दै थापाले जन्म दिन मनाएका हुन् ।

आश्रममा थापाले पिता वीरबहादुर थापा, श्रीमती गंगाकुमारी थापा, भाइ शिव थापा, छोरा, भान्जा लगायत परिवार सहित जन्म दिन मनाएका हुन् ।

आश्रमका अध्यक्ष अध्यक्ष बुद्दिप्रसाद पौडेल, जनसरोकार केन्द्र मकवानपुर एवं राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद चौलागाईं, नेकपा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का इन्चार्ज सन्तोष पौडेल, नेकपा हेटौंडा नगरकमिटी सदस्य विशालराज महत टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा ५ का अध्यक्ष देवीप्रसाद दाहाल, टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा ५ का सदस्य पदम बजगाईं, भूपु सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवेन्द्र खड्का, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघ मकवानपुरका अध्यक्ष डोल्मा स्याङ्बोले जन्मदिन कार्यक्रममा उपस्थित भएर थापालाई सामाजिक तथा व्यवसायिक सफलताका लागि शुभकामना व्यक्त गरे ।

संयुक्त अटो यातायात महासंघका प्रतिनिधी,गोल्डेन यातायात प्रालिका प्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधी लगायतको उपस्थितीमा वृद्दआश्रममा संरक्षित वृद्दवृद्दासंग थापाले जन्म दिन मनाएका हुन् । आफ्नो जन्म दिन यसरी आश्रममा मनाएर अरुलाई सहयोग गर्न पाउँदा खुशी मिलेको बताए ।

संयुक्त अटो यातायात महासंघ अध्यक्ष, गोल्डेन यातायात प्रा.लि. अध्यक्ष, बाटिका टोल विकास संस्था, हेटौंडा ५ का अध्यक्ष, टोल विकास समन्वय समितिका सचिव, जनसरोकार केन्द्र, राष्ट्रिय अभिभावक संघ, जन्मदिनका अलावा विभिन्न सामाजिक अभियानमा आबद्द भई सामाजिक अभियानमा लागिपरेका थापाले विभिन्न समयमा सहयोगका कार्य गर्दै आइरहेका छन् ।

यसअघि थापाले हेटौंडा ५, राइटोलस्थित रत्नकाली मन्दिर निर्माणका लागि आर्थिक सहयोग, हेटौंडा ५, बाटिकाटोलमा प्रतिक्षालय निर्माणका लागि बीस हजार रुपैंया सहयोग, हेटौंडा ५, पिप्लेमा रहेको बालज्योति माविको प्राङ्गणमा रहेको मदन भण्डारी स्पोटर्स एकेडेमीको भवन निर्माणका लागि लागि दश हजार रुपैंया सहयोग, कोरोनाका कारण गरिएको लक डाउन सानोपोखरामा संचालित फुड बैंकमा एक दिन खाद्यान्न वितरण गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको