झरना साहित्यिक परिवारको २५९ औं श्रृङखला

लोकखबर
१ पुष २०७७, बुधबार ०६:३९

मकवानपुर । झरना साहित्यिक परिवारको २५९ औ नियमित साहित्य श्रृङखलामा ३ पुस्ताका ६ कविका कविता सुनिएका छन् ।
श्रङ्खलामा अग्रज पुस्ताबाट ह्यग्रीव आचार्य र मुना अर्याल, युवा पुस्ताबाट बिर्खे अन्जान र भावना सापकोटा, बालपुस्ताबाट समर्पण न्यौपाने र स्वस्तिका दाहालले दुई–दुई वटा रचना वाचन गरे ।
श्रृङ्खलाका प्रमुख अतिथि कवि आरआर चौलागाईले तीनै पुस्ताको सहभागितामा कार्यक्रम गर्दा नयाँ पुस्ताले पनि अग्रजको रचनाबाट सिक्ने अवसर पाउने बताए ।
झरनाका सल्लाहकार रमेशमोहन अधिकारी, जनार्दन खनाल, नुवाकोटका सुमित्रा सुमि, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, सुवास खनाल, डिबी बर्तौला, काभ्रेका रचना मोक्तान यात्री, ईजरायलबाट श्रीराम अधिकारी लगायतको सहभागिता थियो । संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले मन्तव्य, मसान उपासकको सहजीकरणमा संचालित श्रृङ्खला अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*