हेटौंडामा फेशन डिजाइनिङ सम्बन्धि तालिम हुदैं 

लोकखबर
१ पुष २०७७, बुधबार १३:२७

मकवानपुर । बेरोजगार भएर दिक्क बनेकाहरुलाई खुशीको खबर छ । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा सीएफडी नेपालले स्वरोजगार हुन सघाउने फेशन डिजाइनिङ सम्बन्धि तालिम संचालन गर्दैछ ।

भोलि पुष २ गतेबाट तीन महिनासम्म ‘फेशन डिजाइनिङ सीटीईभीटी लेभल वान’ तालिम संचालनको तयारी गरिएको आयोजक सीएफडी नेपालका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । हेटौंडामा सीटीइभीटीबाट सम्बन्धन प्राप्त एकमात्र संस्थामार्फत बेरोजगारलाई स्वरोजगार बनाउँन फेसन डिजाइनिङ् सम्बन्धि तालिम संचालन गर्न लागिएको हो । फेशन डिजाइनिङको वर्तमान समयमा माग बढ्दो रहेकाले तालिम लिएपछि स्वरोजगार हुन सघाउने अध्यक्ष पौडेलले बताए । ‘अहिले बजारको माग अनुसारको ड्रेस डिजाइन गर्ने जनशक्ति अभाव भइरहेको छ ।’ पौडेल भन्छन्, ‘उमेर अनुसार, जातीय तथा सांस्कृतिक, औपचारिक पोशाक, मौसम अनुसारको ड्रेस , ग्ल्यामर उद्योगमा फेशन डिजाइनिङ सम्बन्धि तालिमबाट सिकेको सीपको प्रयोग हुने अवसर भएकैले तालिम संचालनको तयारी गरिएको हो ।
हेटौंडा इन्स्टिच्युट अफ टेक्निकल एजुकेशन (हिट एजुकेशन) प्रा.लि.को सहकार्यमा हुन लागेको तालिममा सहभागी भई स्वरोजगार हुन अध्यक्ष पौडेलले आग्रह गरेका छन् । तालिमबाट सिकेको बुटिक सम्बन्धि सिपलाई प्रयोग गर्नमात्र सकेमा पनि स्वरोजगार हुन सकिने अवस्था अहिले बनेको छ । तालिममा सहभागी हुनका लागि ८ कक्षा उत्तीर्ण गरेको भएपुग्ने सीएफडी नेपालले जनाएको छ । फेशन डिजाइनिङमा स्नातक गरेको अनुभवी प्रशिक्षकबाट पदान गरिने तालिम लिनका लागि न्यूनतम मात्र शूक लिइने जनाइएको छ ।

शिक्षार्थीलाई न्यूनतम शुल्कमा व्यावसायिक योजना बनाएर व्यापार गर्न सिकाइने अवसरका रुपमा तालिम फलदायी हुने आयोजकको अपेक्षा छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा फेशन डिजाइनिङको सम्भावना तथा अवसरका ढोका खुल्दै गइरहेकाले तालिम सिकेकाहरु बेरोजगार बस्नुपर्ने अवस्था आउँन नदिन आफूहरुले आवश्यक सहजीकरण गर्ने पौडेलले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*