संसद विघठनसंगै मध्यावधि निर्वाचन घोषणा, सात मन्त्रीले दिए राजिनामा

लोकखबर
५ पुष २०७७, आईतवार १६:५८

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघठन गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मितिसमेत घोषणा गरेकी छिन् ।

आज (आइतबार) विहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए ।
तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसमेत तोकेकी छिन् ।

यसैबिच, संसद विघटन पछि सरकारका ७ जना मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । राजिनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका मन्त्रीहरु रहेका छन् ।

आज (आइतबार) सिंहदरबारमा पत्रकार सम्मेलन गरेर कृषि मन्त्री घनश्याम भुषाल,पर्यटन मन्त्री योगेश भटराई, उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजिनामा गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*