बागमती लोकसेवाले माग्यो यति धेरै कर्मचारी

लोकखबर
१३ पुष २०७७, सोमबार ०९:३४

मकवानपुर । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पाँचौ तहका एक हजार एक सय ५२ जना कर्मचारी माग गरेको छ ।

आयोगले आज विज्ञापन गर्दै एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आयोगले यसअघि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरी आवेदन समेत लिइसकेको छ । बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा स्थानीय तहमा रिक्त रहेका स्थानमा कर्मचारी माग गरिएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय र ६२ वटा स्थानीय तहलाई आवस्यक ११ सय ५२ जना कर्मचारी माग गरिएको हो । प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*