नेकपा ओली समूहको हेटौंडामा भेला

लोकखबर
२०७७ पुष १७, शुक्रबार ०६:१६

मकवानपुर । केपी ओली समूहको नेकपाको मोर्चा संगठनको मकवानपुरको हेटौंडामा भेला भएको छ ।

भेलामा ओली समूहका नेकपाका केन्द्रिय सदस्य समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री ओलीलाई प्रचण्ड–माधवले काम गर्न नदिएको आरोप लगाए । संसद विघटन गर्नु बाध्यात्मक कदम भएको भन्दै उनले ओली कदमको बचाउ गरे । उनले मकवानपुरका सांसद पनि आफू विरुद्दमा लागेको दुखेसो गरे । आफ्नो तर्फबाट विकासका धेरै काम भएको मुख्यमन्त्री पौडेलले दाबी पनि गरे ।

भेलामा निवर्तमान सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पनि प्रधानमन्त्रीको कार्यको बचाउ गर्दै कार्यकारी प्रधानमन्त्रीले संसद विगठन गर्न सक्ने दाबी गरे ।

जिल्ला युवा संघ मकवानपुरका संयोजक सन्तोष चौंलागाईको अध्यक्षतामा भएको ओली समूहको भेलामा नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वर राना, अनन्त पौडेल, रघुनाथ खुलाल, रघुनाथ खुलाल, महेश बतौला, नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतकाको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको